खरसाङ: पिन्टेल भिलेजमा आयोजित एक कार्यक्रममा भारतीय जनता पार्टीलाई त्यागेर ४ जना निर्वाचित ग्राम पञ्चायत सदस्या अनि पञ्चायत समितिका सदस्याहरु अनि हाम्रो पार्टीका एकजना ग्राम पञ्चायत सदस्य आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। बीजीपीएमको नीति, सिद्धान्त अनि कार्य कौशललाई आत्मसाथ गर्दै उनीहरू पार्टीमा सामेल भएको बताइएको छ। सामेल हुनेहरुमा सन्चिता लामा पञ्चायत समिति सदस्य सिङ्गेल – खरसाङ, दीक्षा छेत्री – पञ्चायत समिति सदस्या शिव खोला, रेशमा गुरुङ ग्राम पञ्चायत सदस्य – सिङ्गेल अनि दिपिका राई ग्राम पञ्चायत सदस्य (सिङ्गेल), सृजन थापा, ग्राम पञ्चायत सदस्य लामाटार रहेका छन्।
पार्टी अध्यक्ष अनित थापाले सबैलाई खदार्पणसहित पार्टीको झण्डा प्रदान गरेर भागोप्रमो पार्टीमा स्वागत जनाएका छन्। यस अवसरमा बोल्दै अनित थापाले भने, ‘पहाडको शान्ति, समृद्धि अनि विकासको निम्ति तपाईहरुले लिनु भएको निर्णय समाजको हितमा रहेको छ।”
सामेल पश्चात रेशमा गुरुङले भनिन्, “हामीले बीजेपीको चिन्हमा चुनाव लडेर ग्राम पञ्चायत अनि समितिमा निर्वाचित भएर पुगेका थियौं। समाजको निम्ति केही गर्नुपर्छ भनेर नै हामीलाई जिताएर पठाएका थिए। तर विपक्षमा रहेर हामीले आफ्नो गाउँको निम्ति केही गर्नु सकेनौं अनि केही गर्नु सक्छौं जस्तो पनि लागेन। त्यसैले पहाडको व्यवस्था चलाउने सत्तासीन पार्टीसँग मिलेर नै हामी गाउँको निम्ति विकास गर्नु सक्छौं भन्ने लाग्यो र आज हामी भागोप्रोमोमा सामेल भएका हौं।”

त्यसरी नै लामाटार ग्राम पञ्चायत,आरआर ब्लकका हाम्रो पार्टीबाट निर्वाचित सदस्य सृजन थापाले भने, “नालबिनाको घोडा जस्तो भयौं हामी। घोडा पनि नालबिना नकुद्दो रहेछ। त्यसैले गाउँलेहरूले मलाई गाउँको अभिभावक बनाएपछि गाउँको विकास गर्न म आजदेखि आधिकारिक रूपमा भागोप्रमोमा सामेल भएको हुँ।”