स्वतन्त्रता सेनानी पुतलीदेवी तामाङसित आधारित फिल्म १९४५ बिहाइन्ड द माउन्टेन्ट २६ जनवरीमा रिलिज हुने

IMG-20240111-WA0164.jpg

खरसाङ: स्वतन्त्रता सेनानी पुतलीदेवी तामाङमाथि आधारित फिल्म १९४५ बिहाइन्ड द माउन्टेन्ट आगामी २६ जनवरीको दिन रिलिज हुने भएको छ। उक्त फिल्मको रिलिज अघि आज फिल्म ‘१९४५ बिहाइन्ड द माउन्टेन्ट’ को टोली खरसाङ आएर स्वतन्त्रता सेनानी पुतली देवी तामाङको परिवारसित भेटघाट गरेका छन्। स्वतन्त्रता सेनानी पुतलीदेवी तामाङको परिवारसित फिल्मको टोलीले भेटघाट गएर फिल्म आगामी २६ जनवरी गणतन्त्र दिवसको दिन रिलिज गरिने भएको जानकारी गराएका छन्। उक्त फिल्मको टोलीमा निर्देशक प्रान्तिक चक्रवर्ती, पुतली मायाको रोलमा रहेकी नायिका राजान्य हल्दार र फिल्ममा गोर्खे छोरीको रोलमा रहेकी नायिका रिया भुजेल र डोरियन व्याक्सटर आदि उपस्थित रहेका थिए। उक्त फिल्म आगामी २६ जनवरी गणतन्त्र दिवसको दिन पहाडभरि दार्जीलिङ, खरसाङ, कालेबुङ, सिलगढी, सिक्किम लगायत कोलकोतातिर पनि रिलिज हुने भएको छ। स्वतन्त्रता आन्दोलनमा १९४२ देखि १९४७ सम्मको अवधिको कुरालाई टिपेर पुतली माया तामाङको योगदानलाई लिएर फिल्म रहेको र यस फिल्मा स्वाधीनता संग्राममा गोर्खाहरूको योगदान विषयमा पनि रहेको निर्देशक प्रान्तिक चक्रवर्तीले बताएका छन्। उनले पुतलीदेवी तामाङले स्वतन्त्रता संग्राममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए भनी बताएका छन्। उनले भविष्यमा स्वतन्त्रता सेनानी पुतलीदेवी तामाङमाथि बायोग्राफी बनाउने योजना रहेको पनि बताएका छन्। निर्देशक प्रान्तिक चक्रवर्तीले आज हामी स्वतन्त्रता सेनानी पुतलीदेवीको घरमा र उनको परिवारसित भेट्न पाएर गर्व अनुभव गरेको बताउँदै पुतलीदेवीको फिल्म उनको परिवारको आशिर्वादबिना सम्भव छैन भन्दै परिवारसितको भेटघाट र आशिर्वाद महत्वपूर्ण रहेको बताएका छन्। स्वतन्त्रता सेनानी पुतलीदेवी तामाङ पहाड़को मात्रै नभएर, बंगालको मात्र नभएर सम्पूर्ण भारत देशकै रहेको नायिका राजान्य हल्दारले बताएकी छन्। त्यसरी नै फिल्ममा एकजना गोर्खे चेलीको रोलमा रहेकी नायिका रिया भुजेलले स्वतन्त्रता संग्राममा गोर्खाहरूको भूमिका विषयमा र स्वतन्त्रता सेनानी पुतली माया तामाङ विषयमा रहेको फिल्म हलमा आएर हेरिदिने सबैलाई निवेदन गरेकी छन्। उनले हामीले नै हाम्रो संस्कार, संस्कृति संरक्षणमा लाग्नु पर्ने साथै स्वतन्त्रता संग्राममा गोर्खाहरूको योगदानलाई फिल्ममा उतारिएकोले सबैले साथ दिएर फिल्म हेरिदिने र कलाकारहरूलाई माया दिने अनुरोध पनि गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *