साँझ पर्न साथ स्कुलको क्लास रूम रम-रक्सी तथा जुवाको अड्डामा परिणत

Screenshot_20240111_183416_Samsung-Internet.jpg

राजगञ्ज: साँझ पर्न साथ स्कुलको क्लास रूममा रम-रक्सी तथा जुवाको अड्डा जम्ने गर्दछ। यसले गर्दा राजगञ्ज ब्लक अन्तर्गत आमबारी संलग्न चाकियाभिटा शिशु शिक्षा केन्द्रका विद्यार्थी तथा शिक्षकहरूलाई निक्कै असुविधा भइरहेको छ। मत्थुहरूले स्कुलको क्लास रूमभित्र रम-रक्सीको बोतलदेखि लिएर विभिन्न सामग्रीहरू यताउता फ्याँकेको छ। बिहान स्कुल खोल्ने क्रममा कर्मचारीहरूले असहज परिस्थितिको सामना गर्नुपर्दछ। स्कुलका शिक्षक सुभाष च्याटर्जीले भने, बिहान दस बजीदेखि अपरान्ह तीन बजीसम्म स्कुलमा पठन-पाठन हुने गर्दछ। तर साँझ पर्न साथ स्कुल परिसरमा रम-रक्सी तथा जुवाको अड्डा जम्ने गर्दछ। पुलिस प्रशासनलाई धेरैपल्ट यस विषयमा ध्यान दिन आग्रह समेत गरिसकेको छु। शिक्षकहरूले बताएअनुसार यस प्रकारको क्रियाकलाप कुनै शैक्षिक केन्द्रमा बारम्बार हुने गरे विद्यार्थीहरूलाई यसको नराम्रो प्रभाव पर्नेछ।

यस सम्बन्धमा इलाकाका ग्राम पञ्चायत सदस्य रिङ्कु रायले भनिन्, यसभन्दा अघि पनि स्कुलभित्र नशालु पदार्थहरू भेट्टाइएको बारेमा सुनेको थिए। आज फेरि यसबारे जानकारी पाए। शैक्षिक क्षेत्रमा यस प्रकारको कार्य स्वीकार्य छैन। यसबारे प्रशासनलाई अवगत गराउनेछु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement