यात्रीहरू सवार वाहन पल्टियो, ९ घाइते

IMG-20230528-WA0320-5-300x172-3

अलिपुरद्वारः तीव्र गतिमा टर्न लिने क्रममा एउटा सानो कार अनियन्त्रित भएर पल्टियो। घटनामा चालक समेत कूल नौ यात्री घाइते भएका छन्। घटना बानरहाट थाना अन्तर्गत आंगरावासा पुल संलग्न क्षेत्रमा बुधवार अबेर राति भएको हो।

पुलिस सूत्रहरू अनुसार, जिल्लाको बीरपाड़ादेखि गैरकाटातिर आइरहेको बेला अंगरावासा पुल नजिकको क्षेत्रमा टर्न लिने क्रममा यात्रीहरू सवार वाहन अचानक पल्टियो। घटना तीव्र रफ्तारको कारण भएको हो। दुर्घटनामा वाहन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनाको सूचना पाएर बानरहाट थाना पुलिस घटनास्थलमा पुग्यो। जसपछि स्थानीय मानिसहरूको मद्दतले घाइतेहरूलाई बीरपाड़ा अस्पताल पठाइयो। बानरहाट थाना पुलिस घटनाको जाँचमा जुटेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *