मृगको खोपड़ी र सिङ समेत तीन पक्राउ

Screenshot_20240111_180028_Samsung-Internet.jpg

जलपाइगढ़ीः जिल्लाको आमबाड़ी रेञ्जका वनकर्मीरूले मृगको खोपड़ी र सिङ समेत तीन जनालाई पक्राउ गरेका छन्। पक्रा परेका आरोपितहरूदेखि एक स्कूटी पनि जफत गरिएको छ। आमबाड़ी रेञ्जका रेञ्जर आलमगीर हकले बिहिवार पत्रकार सम्मेलन गरी यसको जानकारी दिए। आलमगीर हकले भने, बुधवार साझँ राजगञ्जको फाटापुकुर क्षेत्रमा गुप्त सूचनाको आधारमा चलाइएको अभियानमा तीन जनालाई स्कूटीको साथ समाइयो। जब स्कूटीको तलाशी लिइयो त्यसबाट मृगको खोपड़ी समेत दुई मृगको सिङ जफत भयो। जसपछि तीनैलाई वन्य जीव तस्करीको आरोपमा पक्राउ गरियो। अघिको जाँचको निम्ति पक्रा पर्नेहरूको पहिचान उजागर गरिएको छैन।

एक महिनाअघि छह मृगको सिङको साथ तीन जनालाई पक्राउ गरिएको थियो। उनीहरूसित सोधपुछपछि यी तीन आरोपितलाई पक्राउ गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement