दिल्ली पुलिसले १.५ करोड भारु साइबर ठगीको आरोपमा सिलगढीबाट ५ जनालाई पक्राउ

8fd29e5e-aa39-4997-955c-a8f64fc48f59

सिलगढी: दिल्लीमा साइबर ठगीको आरोपको अनुसन्धानपछि सिलगढीको प्रधान नगर थानाको पुलिसले सिलगढीबाट २ जनालाई पक्राउ गरेको छ। करिब ५ महिना अगाडि दिल्लीको साइबर पुलिस स्टेशनमा १.५ करोड भारुको साइबर ठगीको उजुरी परेको थियो। दिल्ली पुलिसको साइबर अपराध विभागका पुलिस अधिकारीहरूले हिजो सिलगढी पुगेर चम्पासरी क्षेत्रको एक होटलमा छापा मारेर ५ जनालाई पक्राउ गरेका छन्। उनीहरूलाई सोधपुछ गरेपछि पुलिसले २ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा दिल्लीका अजिव याकट र मध्य प्रदेशका आकाश सिंह राजपूत रहेका छन्। पुलिसले पक्राउ परेकालाई अदालतमा पेश गरी घटनाको सम्पूर्ण अनुसन्धान गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *