सिलगढी: आज डीवाईएफआई दार्जिलिङ जिल्ला कमिटीले सिलगढीमा विक्षोभ प्रदर्शन गऱ्यो। संगठनका सदस्यहरूले सिलगढीको खेलाघर मोड नजिक रहेको सिलगढी प्राइमेरी स्कुल काउन्सिलको कार्यालय अघि विक्षोभ प्रदर्शन गर्दै एसएससी शिक्षक नियुक्ति घोटालाका दोषीहरूलाई चाँडै पक्राउ गरेर कठोर सजाय दिइनुपर्ने माग पनि गरे। संगठनका सागर शर्माले भने, तृणमूल सरकार क्षमता आएपछि नै सारदा, नारदा लगायत शिक्षक नियुक्ति भ्रष्टाचारमा लिप्त रहेको छ। उक्त भ्रष्टाचारको घटनामा संलग्न रहेकाहरूलाई पक्राउ गरेर सजाय दिनुपर्ने तिनले माग गरे।










