सडक दुर्घटनामा जिप्सी चालकसहित कोलकाताका ६ पर्यटक घाइते

fa0bc17f-3d47-4f34-89c3-3f6cd6451208

जलपाइगढीः सडक दुर्घटनामा जिप्सी चालकसहित ६ पर्यटक घाइते भएका छन्। यो दुर्घटना मटेली ब्लकको बाताबारी क्षेत्रमा भएको हो। घाइते पर्यटक र जिप्सी चालकलाई पहिले चाल्सा मंगलबारी ग्रामीण अस्पताल लगिएको थियो, जहाँबाट माल सुपर स्पेशलिटी अस्पतालमा रेफर गरिएको थियो।
कोलकाताको तम्लुकका ६ जना पर्यटक बोकेर आज बिहान मूर्ति क्षेत्रको एक निजी रिसोर्टबाट जिप्सी कार लाटागढीतर्फ गइरहेको बताइएको छ। बाटोमा राष्ट्रिय राजमार्गको बाताबारी दिघिपाडा नजिकैको क्षेत्रमा पार्किङमा राखिएको ट्याक्टरसँग जिप्सी कार ठोक्किएको हो। दुर्घटनामा जिप्सी चालकसहित पाँच जना पर्यटक घाइते भएका छन्। खबर पाएर मटेली पुलिस थानाको पुलिस आएर ट्याक्टर र जिप्सी गाडी बरामद गरी पुलिस थानामा ल्याएको थियो। घटनाको खबर पाएलगत्तै गोरुमारा पर्यटन कल्याणकारी संघका सचिव सोना सरकार, गोरुमारा पर्यटन कल्याणकारी संघका अध्यक्ष ताजमल हकलगायत घटनास्थल पुगेका थिए। अहिले घाइतेहरूको मालबजार सुपर स्पेशलिटी अस्पतालमा उपचार भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement