गान्तोक: खानी तथा भूगर्भ विभागले मार्ताम ग्राम विकास केन्द्र र रांकामा ब्लक स्तरीय भूवैज्ञानिक जागरूकता सम्बन्धी एक दिने कार्यक्रम आयोजना गऱ्यो। कार्यक्रममा बीएसी मार्तामका बीडीओ र बीएसी रांकाका उपनिर्देशक पीआरआई अतिथि थिए। भूवैज्ञानिक सचेतना कार्यक्रमको महत्व बारे संक्षिप्त जानकारी केके लुइटेलले दिए। भौगर्भिक सचेतना र भूगर्भीय जोखिम, पैहोको प्रभाव, स्थलको उपयुक्तता र आकस्मिक बाढी जस्ता विभिन्न विषयमा प्रस्तुति दिइयो। वरिष्ठ भूवैज्ञानिक पासाङ शेर्पा, जोदेन शेर्पा, सहायक भूवैज्ञानिकको सहभागिता थियो। यस्ता कार्यक्रमहरु मार्फत सरकारको उद्देश्य स्थानीय तहमा विशेषगरी ग्रामीण क्षेत्रमा भौगर्भिक जोखिम र जोखिम न्यूनीकरण गर्ने बारे जनचेतना जगाउनु हो।