इन्जिनियरिङको चमत्कार: समुन्द्र र आकाशको बिचमा बन्दरगाह

PortoFlavia-Italy

पोर्टो फ्लाभिया सार्डिनिया, इटालीको एक समुद्री बन्दरगाह हो, जुन १९२३-२४ मा निर्माण गरिएको थियो। यसलाई २०औं शताब्दीको प्रारम्भिक इन्जिनियरिङको चमत्कार मानिन्छ। यो बन्दरगाह समुद्रदेखि ५० मिटर माथिको चट्टानमा अवस्थित छ, पहाड कुँदिएको, समुद्र र आकाशको बीचमा ‘झुँगिएको’ छ। अहिले यो बन्द बन्दरगाह हेर्न ठूलो संख्यामा मानिसहरु आउने गरेका छन्। तिनीहरू यसको अचम्मको संरचना देखेर छक्क पर्छन्। अहिले यसैसँग सम्बन्धित एउटा भिडियो भाइरल भइरहेको छ। भाइरल भिडियोमा पहाडको बीचमा बनेको यो बन्दरगाहको गेट देख्न सकिन्छ। साथै यसको वरिपरिको समुद्री दृश्य पनि हेर्न सकिन्छ। समुद्रको नीलो र फिरोजा पानी टाढा टाढा फैलिएको छl मानिसहरू प्राय: पोर्टो फ्लाभिया पुग्न डुङ्गाहरू प्रयोग गर्छन्। यो इग्लेसियास कम्युनमा नेबिडा नजिकै अवस्थित छ। यो बन्दरगाह सन् १९६० सम्म चलेको थियो। लोनलीप्लानेट डट कमको रिपोर्टअनुसार, पोर्टो फ्लाभिया पोर्ट प्यान डि जुचेरो पहाडमा अवस्थित छ, यसको प्रभावशाली कंक्रीट भवनको साथ। यसमा दुई ६०० मिटर लामो सुरुङ पनि छन्। यस भवनबाट, मानिसहरूले यसको वरपरको अद्भुत दृश्य प्राप्त गर्छन्। जसका कारण यहाँ ठूलो संख्यामा मानिसहरु घुम्न आउने गरेका छन्। पोर्टो फ्लाभिया संसारको सबैभन्दा अचम्मको बन्दरगाह मध्ये एक हो र केहि मानिसहरू भन्छन्, ‘यो संसारको सबैभन्दा सुन्दर बन्दरगाह हो। अब पोर्टो फ्लाभिया एक युनेस्को संरक्षित पर्यटक स्थल होl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *