गणतन्त्र दिवस तयारीलाई लिएर समन्वय सभा सम्पन्न

IMG-20240110-WA0232.jpg

मंगन: आगामी २६ जनवरीको दिन पालन गरिने ७५औं गणतन्त्र दिवस तयारीलाई लिएर मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक समन्वय सभा सम्पन्न भयो। मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीको अध्यक्षतामा बसेको सभामा आगामी दिनमा पालन गरिने गणतन्त्र दिवसलाई सफल तुल्याउनको निम्ति सबै विभागले आफ्नो जिम्मेवारी र भूमिकालाई इमान्दारपूर्व पालन गरिनुपर्ने विषयमा सुझाउ दिइयो। उक्त सभामा पुलिस अधिक्षक सोनम दिट्छु भोटिया, अतिरिक्त जिल्लापाल प्रेम वाङछेन नामकर्पा, महकुमा अधिकारी लगायत विभागका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement