नाम्ची जिल्लाका जिल्लापालले गरिन् विभागका अधिकारीहरूलाई लिएर समन्वय सभा

IMG-20240110-WA0231.jpg

नाम्ची: नाम्ची जिल्लाका जिल्लापाल अन्नपूर्ण आलेको अध्यक्षतामा एक समन्वय सभा सम्पन्न भयो। जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको उक्त सभामा अतिरिक्त जिल्लापाल अन्नत जैन, पुलिस अधिक्षक डा. टीएन ग्याछो लगायत विभिन्न विभागका प्रमुख अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

यस अवसरमा जिल्लापालले नाम्ची जिल्लामा सञ्चालित विभिन्न विभागको अवस्थाबारे जानकारी लिइन् भने विभागका प्रमुखहरूले सम्वन्धित विभागको कार्यहरूबारे अवगत गराए। जिल्लाको प्रगतिशील विकासका लागि उपलब्ध सुविधा उपलब्ध गराउन विभागले अनुगमन गरिरहेको विभिन्न क्षेत्रका बारेमा पनि अधिकारीहरुले जानकारी दिए। यसका साथै, उनीहरुले विभागको आवश्यकता र बाँकी रहेको दायित्व लगायतका धेरै समस्या जिल्लापाल समक्ष प्रस्तुत गरे।

सार्वजनिक स्थल तथा सरकारी भवनको मर्मतसम्भार र सरसफाई, स्वास्थ्य नियमावली, जिल्लामा दक्ष जनशक्तिको अभाव लगायतका विषयमा गहिरो छलफल गरी केन्द्र र राज्यले सञ्चालन गरेको योजनाहरुको सफल कार्यान्वयनका बारेमा पनि बैठकमा जानकारी गराइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement