एचके खवास बनिन् महिला पत्रकार संघको अध्यक्ष

IMG-20240110-WA0234.jpg

गान्तोक: हिजो ९ जनवरी २०२४ को दिन सिक्किम महिला पत्रकार संघको सभा संघकी सल्लाहकार माला राणा पात्रोको निजी वासस्थानमा सम्पन्न भयो। उक्त सभामा संघकै व्यक्ति व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

स्मरण गराइन्छ गत २४ दिसम्बरको दिन सिक्किम महिला पत्रकार संघले सिंगताम बजारस्थित नेपाली गोर्खा भवनमा एड्स रोगबारे सचेतना कार्यक्रम आयोजना गरेको कार्यक्रमपछि संघको विघटन गरिएको थियो। उक्त दिन कतिपय कारणवश चुनाव नहुने निश्चिय भएपछि आज ९ जनवरी २०२४ को दिन विभिन्न पदहरूको घोषणा गर्ने निर्णय भएको थियो।

विगत २३ वर्षदेखि यो संस्था लगातार चलिरहेको र आगामी दिनमा पनि अझ धेरै प्रकारका कार्यक्रमहरु आयोजन गर्ने र संस्थाको पहिचान बढाउनुपर्ने हेतुले आज सर्वसम्मतिद्वारा पदहरू जिम्मा दिएको छ, जसमा एचके खवास अध्यक्ष, पासाङकित लेप्चा कार्यकारिणी अध्यक्ष, भावना बस्नेत महासचिव, रिती प्रधान, अनु राई कोषाध्यक्ष, रूथ बरदेवा प्रचार सचिव रहेका छन्।

यसरी नै अन्य वरिष्ठ व्यक्तित्वहरुमा राधा प्रधान, माला राणा पात्रो अनि मीना छेत्री रहेका छन् भनी प्रचार सचिव रूथ बरदेवाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement