गान्तोक: आत्मा गान्तोक र मार्चकको कृषि विज्ञान केन्द्रको संयुक्त पहलमा कृषि विभाग अन्तर्गत आत्मा र बीटीएमका फिल्ड कार्यकर्ताहरूलाई लिएर एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भयो।
तादोङस्थित समेति भवनमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता डा. जनक सिंहले गरेका थिए।
सो कार्यक्रममा आत्मका संयुक्त निर्देशक योगेश शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा बीउको व्यवहार्यता, बीउ उत्पादन, सिक्किममा प्रमुख बालीहरूको बीउ उपलब्धता, आर्द्रताको मात्रा, बीउको फसल पछि व्यवस्थापन, सीट गुणस्तर अंकुरण प्रतिशत र बीउको शक्ति, बिरुवा प्रजनकहरूको प्रविधि, बीउ उपयुक्तता जस्ता विभिन्न विषयहरूमा व्याख्यान गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै डा.जनक सिंहले बालीहरूको घनत्व कमी र पोषक तत्वको आवश्यकतामाथि प्रकाश पारे।