नेपालमा ‘ऱ्याप ब्याटल नेपाल’ आयोजना हुने

Rap-Battle.jpeg

दार्जीलिङ, सिक्किममा पनि हुनेछ अडिसन  

काठमाडौं: ऱ्यापगीतको रियालिटी शो ‘ऱ्याप व्याटल नेपाल’ आयोजना हुने भएको छ। युजिसा इन्टरनेशलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा शो हुन लागेको हो। आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यसको जानकारी गराएका हुन्। आयोजकका अनुसार शो एपीवान टेलिभिजनबाट प्रसारणमा आउनेछ। युजिसा इन्टरनेशलका कार्यकारी निर्देशक सानु खनालका अनुसार फरवरीबाट अडिसन शुरु हुनेछ। उनका अनुसार टेलिभिजनमा अप्रिलबाट ऱ्याप ब्याटल नेपाल प्रसारण हुनेछ। ‘शोमा नेपाली सांगीतिक क्षेत्र र बलिउडका संगीतकर्मी निर्णायक हुनेछन्,’ उनले भने।

राज्य मिडिया नेटवर्कका अध्यक्ष एवं इभेन्ट सल्लाहकार सरोज ओझाले युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहोलमाझ रम्ने वातावरण उक्त शोले दिने दाबी गरे। शोको अडिसन काठमाडौं, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जीलिङ, सिलगढी र सिक्किममा हुनेछ। शोका इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले शोको अडिसन दार्जीलिङमा ८ फरवरी, सिक्किममा १० फरवरी, सिलगढीमा १२ फरवरीमा, झापामा १४ फरवरीमा, इटहरीमा १७ फरवरी, चितवनमा २१ फरवरी, पोखरामा २४ फरवरी र काठमाडौंमा १ मार्च र २ मार्चमा गरिने बताए। उनले विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको लागि डिजिटल अडिसन गरिने जानकारी दिए। एपीवान टेलिभिजनका समाचार प्रमुख निरजराज जोशीले शोको सफलताको कामना गर्दै टेलिभिजनले शोलाई सफल पार्न सहयोगीको भूमिका निर्वाह गर्ने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *