कालचिनीः ३४ बाहिनी सशस्त्र सीमा बलको कार्यक्षेत्रमा रहेको भोटाङ सीमान्त मेैनाबारी फुटबल मैदानमा बुधबार मानव स्वास्थ्य शिविर तथा भेटेरिनरी शिविर सम्पन्न गरिएको जानकारी एसएसबी ३४ बाहिनीले दिएका छन्। एसएसबी ३४ बाहिनीका कमान्डेन्ट पवन कुमारको निर्देशनमा सम्पन्न सो शिविरमा डा. देवाशिष त्रिपाठी, कमाण्डेन्ट (भेटेरिनरी अफिसर), डा. सौम्या टी, असिस्टेन्ट कमाण्डेन्ट (मेडिकल अफिसर), लालसिमलिन पाखोङटे सहायक कमाण्डेन्ट, र स्थानीय विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
नागरिक कल्याण कार्यक्रम अन्तर्गत सशस्त्र सीमा बलको ३४ बाहिनीले आफ्नो कार्यक्षेत्रका नागरिक तथा पशुपक्षीको उपचारमा निरन्तर लागिरहेको र सोही सिलसिलामा बुधबार बृहत् परिमाणमा मानव स्वास्थ्य शिविर तथा भेटेरिनरी शिविर आयोजना गरेको एसएसबी सुत्रले जनाएका छन्। सशस्त्र सीमा बलको यो सेवा कार्यको स्थानीयवासीले फाइदा उठाउन पाएकोले एसएसबी ३४ बाहिनीलाई गाउँलेहरूले धन्यवाद ज्ञापन गरेका छन्।










