एसएसबीद्वारा वृक्षरोपण कार्यक्रम

वीरपाडा: १७ बटालियन फालाकाटा एसएसबी कमान्डेन्ट संजीव कुमार सिंहको निर्देशनमा बीओपी कालापानीद्वारा सब इन्स्पेक्टर ललित मोहनको आयोजनामा भारत भुटान सिमानामा अवस्थित नेपानीया कालापानी आईटीडीपी प्राथमिक पाठशाला परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भयो|
कालापानी बीओपी इन्चार्ज सब इन्स्पेक्टर ललित मोहनको अगुवाईमा उक्त कार्यक्रममा विद्यालयका शिक्षक भोजबहादुर भुजेल, स्थानीय फरेस्ट गार्ड साथै विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउँदै विद्यालय परिसर वरिपरि विभिन्न प्रजातिका विरूवा रोपण गरेको कालापानी बीओपी इन्चार्ज सब इन्स्पेक्टर ललित मोहनले जानकारी दिए| उक्त वृक्षरोपण विद्यालय परिसर वरिपरि प्रायः ४० वटा भन्दा अधिक विभिन्न प्रजातिका विरूवा रोपण गरियो|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement