गन सेल्यूट सहित उस्ताद राशिद खानलाई दिइयो कोलकातामा अन्तिम विदाई

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः कोलकाताको पीयरलेस अस्पतालमा निधन भएको ख्यातिप्राप्त शास्त्री सङ्गीतकार उस्ताद राशिद खानलाई बुधवार अन्तिम विदाई दिइयो। कोलकाताको राजकीय नन्दन प्रेक्षागृहमा बुधवार उनको पार्थिव शरीरलाई ल्याइयो जहाँ उपस्थित सङ्गीतकार सहित अन्य कलाकारहरूले उनलाई विदाई दिए। यस अवसरमा मुख्यमन्त्री ममता ब्यनर्जी पनि उपस्थित थिइन्। उनलाई पुलिसद्वारा दिइएको गन सेल्यूट सहित अन्तिम विदाई दिइयो। उनको जन्म उत्तर प्रदेशको बदायूँमा भएको थियो, यसैले कोलकातामा अन्तिम विदाई दिइएपछि उनको पार्थिव शरीरलाई बदायूँ तर्फ प्रस्थान गराइयो।

उल्लेखनीय छ, शास्त्रीय सङ्गीतका ख्यातिप्राप्त गायक उस्ताद राशिद खानको निधन गए मङ्गलवार ५५ वर्षको उमेरमा भएको थियो। यसको सूचना पाउनसाथ मुख्यमन्त्री ममता ब्यनर्जी अस्पताल पुगेकी थिइन्। यसावधि ममता ब्यनर्जीले भनिन्, प्रोस्टेट क्यान्सरको कारणले कोलकाताको अस्पतालमा उपचाराधिन सङ्गीत सम्राट उस्ताद राशिद खानको निधन भयो। हामीले उनको उपचारको निम्ति सर्वश्रेष्ठ प्रयास गऱ्यौं तर बचाउँन सम्भव भएन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement