कोलकाताः पश्चिम बंगालको उत्तर २४ परगना जिल्लामा राशन वितरण भ्रष्टाचारको क्रममा छापा मार्न पुगेका ईडी अधिकारीहरूमाथि हमलालाई लिएर राजनीतिक घमासान रोकिरहेको छैन। भाजपाले एक पल्ट फेरि मुख्यमन्त्री ममता ब्यानर्जीमाथि शाहजहांलाई लुकाउनमा मद्दत गरेको आऱोप लगाएको छ।
पार्टीको उत्तर बंगालको प्रभारी र आईटी सेलका प्रमुख अमित मालवीयले भने, शाहजहाँ एक आतङ्कवादी हो र ममताले उसलाई लुकाउनमा मद्दत गरेकी छन्। माइक्रो ब्लगिङ साइट एक्समा उनले लेखे, पश्चिम बंगाल पुलिसले शाहजहाँ शेखलाई पक्राउ गर्नेछ भनेर कसले आशा गर्नसक्छ जबकि पश्चिम बंगालको गृहमन्त्री ममता ब्यानर्जी उसको हितैषी हुन् ?
यदि शाहजहाँ अहिलेपनि फरार छ भने यसमको कारण हो, ममताको प्रशासनले शाहजहाँ शान्ति र सुरक्षाको निम्ति खतरा हो, यो थाहा हुँदा हुँदैपनि उसलाई एक सुरक्षित आश्रय प्रदान गरेको छ। ममताले एक आतङ्कवादीको रक्षा गर्नु बन्द गर्नुपर्छ र तुरन्तै उसलाई पक्राउ गर्ने आदेश दिनुपर्छ।
-हिस