अलिपुरद्वार चौपतिमा आरएसपीको धरना प्रदर्शन

bdf26ea8-8aad-4f36-9754-77dd08575937

कालचिनीः गनतन्त्र र साम्प्रदायिक सुरक्षा साथै अलिपुरद्वार जिल्ला गठन पश्चात महकुमा घोषणा नभएको, जिल्लावासीको सर्वाङ्गीण विकास, मूल्यवृद्धि रोकथाम र दुर्नीति र भ्रष्टाचारको विरोधमा बुधवार अलिपुरद्वार सहरको मूल चौपतिमा आरएसपीले धरना प्रदर्शन गऱ्यो। प्रायः २१ बुँदे दाबीहरू समेटेर आरएसपीले गरेको धरना प्रदर्शनमा आरएसपी नेताहरू सुव्रत रोय, पूर्व विधायक तथा यूटीयूसी नेता निर्मल दास, ज्ञानेन दास, जोन फिलीप खाल्को, पूर्णमान राई, गोपाल प्रधान एवम् अन्यान्य नेतागणको उपस्थिति रहेको थियो।
केन्द्र र राज्यको जनविरोधी नीतिको विरोधमा आरएसपी नेताहरूले जनतालाई सम्बोधन गरेको थियो भने चिया श्रमिकहरूको न्युनतम रोज वृद्धि चाँडो लागु गरिनु पर्ने र अलिपुरद्वार जिल्लालाई सम्पूर्ण रुपमा जिल्लाको रुपमा कार्य गर्ने पहल अनि नयाँ महकुमा घोषणा गरिनु पर्ने आदि दाबी लिएर यो धरना प्रदर्शन सम्पन्न गरिएको आरएसपी सुत्रले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *