कोलकाताको प्लास्टिक गोदाममा आगो लाग्यो

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाताको प्रगति मैदान थाना क्षेत्रको एउटा प्लास्टिक गोदाममा ठूलो आगो लाग्यो। कोलकाता पुलिस सूत्रहरू अनुसार, बुधवार बिहान तीन बजी एउटा पुरानो प्लास्टिक गोदाममा आगो लागेको सूचना प्राप्त भएको थियो।

बासंती हाईवेमा कोइला डीपो छेउ एउटा गोदाम स्थित छ। यसको छेउछाउ धेरै धेरै ठूला साना दोकानहरू छन्। सूचना पाएको तत्कालपछि पुलिसको टीम घटनास्थलमा पुग्यो। अग्निशमन विभागको तीन गाडी पनि आइपुग्यो। प्लास्टिकका सर सामग्रीहरूका कारण आगोलाई नियन्त्रित गर्न निकै गाह्रो पऱ्यो। बिहान ११ बजी समाचार लेखुन्जेलसम्म आगोलाई पूर्ण रूपमा नियन्त्रित गर्न सकिएको थिएन।

घटनास्थलमा अग्निशमन विभागको छवटा गाडी तैनात छन्। कोलकातामा अग्निशमन विभागका एक वरिष्ठ अधिकारीले भने, प्लास्टिकको गोदाम भएकाले आगोलाई सहजै नियन्त्रित गर्न सकिएन। तर, आगो फैलिनबाट रोकिएको छ र चॉंडै नियन्त्रित गरिने छ। आगो लाग्नुको कारण स्पष्ट भएको छैन। यस सम्बन्धमा जॉंच चलिरहेको बताइएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement