सभासद मिलेश राईले मिरिकको पीएचई कार्यालयको भ्रमण

मिरिक: आज मिरिक सभासद मिलेश राईले मिरिकको पीएचई कार्यालयको भ्रमण गरेर वस्तुस्थितिको जायजा लिए। यसैक्रममा मिरिक पीएचई विभागका कर्मचारीहरूले तिनलाई खदा लगाइदिएर कार्यालयमा स्वागत जनाए । यस अवसरमा सभासद राईले कार्यालयका कर्मचारीहरूसित एउटा सभा पनि गरे। सभापछि पत्रकारहरूसँग कुराकानी गर्दै सभासद मिलेश राईले आफूलाई जीटीए अध्यक्ष अनित थापाले मिरिक क्षेत्रका लागि मेम्बर अफ ड्युटीको भार सुम्पिएपछि आज प्रथमपल्ट भ्रमणमा आएको बताए। विशेष गरेर मिरिकले महकुमाको दर्जा प्राप्त गरे तापनि पीएचई विभागको महकुमा कार्यालय हालसम्म पनि खरसाङमा नै रहेको बताउँदै आगामी दिनमा मिरिकमा नै पीएचई विभागको महकुमा स्तरीय कार्यालय हुनु पर्ने विषयमा जीटीए सभामा कुरा राख्ने तिनले बताए। तिनले आफूलाई जीटीए अध्यक्ष अनित थापाले विश्वास गरेर यो पदभार सुम्पिएकोले आफूले पनि निष्ठापूर्वक कार्य गर्ने बताए। यसवाहेक पीएचई विभागको अन्य समस्याहरू पनि समाधान गर्दै जाने तिनले दाबी गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement