मिरिकको जसबीर गाउँ अनि लामा गाउँमा माेडल आईसीडीएस भवनकाे उदघाटन

IMG-20240110-WA0212.jpg

मिरिक: मिरिक महकुमा अन्तर्गत डुप्टिन ग्राम पञ्चायतकाे जसबीर गाउँ अनि मर्मा लामा गाउँमा आज माेडल आइटईसीडीएस केन्द्र भवनकाे उदघाटन गरिएको छ। मिरिक महकुमा शासक भी दिपक तेजाले रिबन काटेर आईसीडीएस केन्द्र भवनकाे शिलान्यास गरेका छन्।यस अवसमा मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइती, सीडीपीओ, डुप्टिन ग्राम पञ्चायत प्रधान शर्मिला राई, आईसीडीएस कर्मी, सहकर्मी लगायत स्थानीय मानिसहरू उपस्थित रहेका थिए।यस अवसरमा बाेल्दै सभासद मिलेस राईले जसबीर गाउँले माेडल आईसीडीएस केन्द्र भवन पाएकाे छ जाे अति नै खुशीकाे कुराे हो भन्दै उक्त भवनले क्षेत्रका शिशुहरू, गर्भवती महिलाहरूलाई धेरै सुविधा हुनेछ भनी बताए।उनले उक्त भवन निर्माण भएपछि याे गाउँकाे साझा सम्पत्ति भएकाे छ भन्दै यसकाे संरक्षण गर्न गाँउवासीले पनि अहम भूमिका पालन गर्नुपर्छ भनी बताए।

उनले हामी कर्ममा विश्वास गर्नेहरू हाैं अनि हामी राम्राे कर्म गर्दै जनताकाे मूलभूत समस्याहरूकाे समाधान गर्न प्रयास गरिरहेका छाैं भन्दै भवन निर्माणकाे लागि पहल गरिदिएकाेमा जीटीएका प्रमुख कार्यपाल अनित थापा, मिरिक खण्ड विकास अधिकारी लगायत विभागीय अधिकारीहरूप्रति आभार प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement