दार्जीलिङ: अखिल भारतीय विद्यार्थी परिषदको राष्ट्रीय सहसचिव गोविन्द नायकले स्व. जोन बोनिफेस एडवाडर्सको आत्मा शान्तिको निम्ति प्रार्थना गरेका छन्। हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सको पिता जोन बोनिफेस एडवाडर्सको गत केही दिन अघि निधन भएको थियो। आज अखिल भारतीय विद्यार्थी परिषदको राष्ट्रिय सह सचिव गोविन्द नायक अनि एवीभीपीको अन्य कार्यकर्ता एंव सदस्यहरू हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सको घर पुगेका थिए।

यस अवधि उनीहरूले स्व जोन बोनिफेस एडवाडर्सको आत्मा शान्तिको कामना गर्दै प्रार्थना गरेका छन्। अखिल भारतीय विद्यार्थी परिर्षदको नेतृत्वहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्ससँगको बातचीतको क्रममा समवेदना पनि प्रकट गरेका छन्।