राष्ट्रिय महिला खेलो ईण्डिया किक् बक्सिङमा खरसाङका ९ जना नानीहरू सगभागी

IMG-20240110-WA0205.jpg

जिते ६ वटा स्वर्ण

खरसाङ: बिहारको पुनियामा भएको राष्ट्रिय महिला खेलो ईण्डिया किक् बक्सिङमा खरसाङका ९ जना विद्यार्थीहरूले अंश ग्रहण गरेर ६ वटा गोल्ड, ३ सिल्भर र ४ वटा काँस्य पदक जित्न सफल भएका छन्। बिहारको पुनियाँस्थित जीटी गोयेन्का पब्लिक स्कूलमा गत ६ देखि ८ जनवरीसम्म भएको राष्ट्रिय महिला खेलो ईण्डिया किक् बक्सिङमा खरसाङका ९ जना महिला किक् बक्सिङ महिला खेलाड़ीहरूले भाग लिएका थिए जसमा विभिन्न क्याटोगरीमा नानीहरूले ६ गोल्ड, ३ सिल्भर र ४ वटा काँस्य पदक जित्न सफल भएका छन्। खरसाङका नानीहरू दुईजना रेफरीहरू बिजय रावत र कुनाल राउत अनि दुईजना कोचहरू पूजा प्रधान र मधु देवानका साथमा गएका थिए। खरसाङबाट गएका ९ जना नानीहरू दार्जीलिङमा भएको जिल्ला स्तरीय खेलो ईण्डियाबाट चयन भएर राज्य स्तरीय प्रतियोगितामा गएका थिए। ९ जना नावीहरूले पश्चिम बंगाल राज्यको प्रतिनिधित्व गर्दै बिहार गएका थिए। यस विषयमा बिजय रावतले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement