गज़ल

00-1-Gazal-1

भेट्छु,पक्कै भेट्छु भन्दै टारिरह्यौ तिमीले

नदिने बज्यै झैं आईतबार बारिरह्यौ तिमीले

दिक्क लाग्थ्यो तिम्रो आशामा अल्झिनु पर्दा

मेसेज नगर्दा पनि फेरि फट्कारिरह्यौ तिमीले

थाकें,निराश भएँ तर तिमी भेट्न आएनौ प्रिये

तड्पाएर तड्पाएरै मेरो आँसु झारिरह्यौ तिमीले

देवी पो सम्झेको थिएँ र आराधना गरेको थिएँ

तर राक्षसनी बनेर मेरो मुटु दारिरह्यौ तिमीले

कति जाली, कपटपूर्ण रहेछौ बुझ्न सकिनँ मैले

साँचो माया गरे जस्तै स्वाङ पारिरह्यौ तिमीले

संसारमा डढेलो लागेको छैन भनी बुझेन रैछौ

अर्कै सुन्दरीसित देखी आँखा फारिरह्यौ तिमीले

इच्छा थियो, चाहना थियो भेटेर माया साट्ने, तर

आज,भोलि,भनेर मेरो इच्छा मारिरह्यौ तिमीले

कति ढाँट्न र छल्न पनि सकेको, छक्क पर्छु म

अदालतले झैं अनगन्ती तारिख सारिरह्यौ तिमीलेll   

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement