प्रधानमन्त्री नरेन्द्र मोदी भारतको इतिहासमा सबैभन्दा सफल प्रधानमन्त्री: मुकेश अम्बानी

IMG-20240110-WA0196.jpg

नयाँ दिल्ली: रिलायन्स इन्डस्ट्रीज लिमिटेड (आरआईएल) का चेयरम्यान मुकेश अम्बानीले प्रधानमन्त्री नरेन्द्र मोदी भारतको इतिहासमा सबैभन्दा सफल प्रधानमन्त्री रहेको बताएका छन्।

मुकेशले वाइब्रेन्ट गुजरात समिट २०२४ लाई सम्बोधित गर्दै मोदी भए सम्भव छ भनेका हुन्।

यसअघि प्रधानमन्त्री मोदीले गान्धीनगरमा १०औं वाइब्रेन्ट गुजरात समित २०२४ को १०औं एडिशनको उद्घाटन गरे। यस अवधि मुकेश अम्बानीले आफ्नो सम्बोधनमा भने, गुजरात र वाइब्रेन्ट गुजरात शिखर सम्मेलनमा तपाईको स्वागत छ, जो आज विश्वको सबैभन्दा प्रतिष्ठित निवेशक शिखर सम्मेलन हो। रिलायन्स इन्डस्ट्रीज एक गुजराती कम्पनी थियो र सदैव रहनेछ। यसको उद्देश्य सात करोड़ गुजरातीहरूको सपनालाई पूरा गर्नु हो। वर्ष २०४७ सम्म एक्लो गुजरात तीन ट्रिलियन अमेरिकी डलरको अर्थव्यवस्था बन्नेछ।

उनले भने, भारतलाई २०४७ सम्म ३५ ट्रिलियन अर्थव्यवस्था बन्नदेखि कुनैपनि शक्तिले रोक्न सक्दैन। जब निवेशेल नयाँ भारतबारे सोच्छन् उनीहरूले एक नयाँ गुजरातबारे सोच्छन्। वर्ष २०२४ को दोस्रो छमाहीमा गुजरातमा गीगा फ्याक्ट्री चालू गर्नको तयार छु।

उल्लेख्यस वाइब्रेन्ट गुजरात समिटमा संयुक्त अरब अमीरातको राष्ट्रपति मोहम्मद बिन जायद सहित विश्वका अन्य प्रमुख राजनेता र इन्डस्ट्रीका प्रमुक चीफ गेस्टको रूपमा हिस्सा लिइरहेका छन्। यस बाहेक मुकेस अम्बानीका साथै पंकज पटेल, गौतम अडाणी, लक्ष्मी मित्तल र अन्य कारोबारी पनि उपस्थित छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *