ब्राउन सुगरसहित एकजना पक्राउ

सिलगढी: करोडौँ रुपियाँको ब्राउन सुगरसहित स्पेशल अपरेशन ग्रुप (एसओजी) र बाघडुग्रा थाना पुलिसले संयुक्त अभियान चलाएर एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति बिहार निवासी चन्दन कुमारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एसओजी र बाघडुग्रा थाना पुलिसले गोप्य सूचनाको आधारमा बाघडुग्रा एयरपोर्ट संलग्न आर्मी क्याम्प नजिक कोलकाता रोडमा संयुक्त अभियान चलाएर लगभग २ किलो ३०० ग्राम ब्राउन सुगर सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ।
पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी चन्दन कुमार बिहार नम्बरको एउटा स्किर्पियो वाहनमा मालदाबाट लगभग २ किलो ३०० ग्राम ब्राउन सुगर लिएर सिलगढी तस्करी गर्नको लागि आइपुगेका थिए। उक्त वाहनलाई रोकेर छानबीन गर्दा वाहनको डिक्कीमा राखिएको एउटा ब्यागबाट ब्राउन सुगरको तीनवटा प्याकेट उद्धार गरेको छ भने जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य करोड़ौँ रुपियाँ रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement