जलपाइगढीः एक गृहिणीले आफ्नै घरमा आगो लगाएको आरोप लागेको छ। यो घटना जलपाइगढी जिल्लाको राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको कार्जीपारा क्षेत्रमा भएको हो। खबर प्राप्त हुनासाथ बेलाकोबा चौकीबाट पुलिस र सिलगढीको दमकल घटनास्थलमा पुगेको स्थानीय स्रोतका अनुसार बुधबार बिहान आगलागी भएको हो। तर, आगो लगाउने महिला मानसिक रोगी रहेको बताइएको छ। आगलागीबाट घरको भान्साकोठामा क्षति पुगेको छ। धेरै सामान जलेर खरानी भएको छ।
भान्साकोठामा आगो लागेको स्थानीयवासीले बताएका छन्। तर आगो नियन्त्रणमा आउँदासम्म भान्साको सम्पूर्ण भाग आगोले जलेको थियो। स्थानीयले तुरुन्तै बेलाकोवा चौकी पुलिसलाई खबर गरेका थिए। त्यसपछि दमकल र बेलाकोवा चौकी पुलिस घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो। आगलागीबाट भान्साकोठा पूर्णरुपमा जलेको छ।