कालचिनी: आज कारगिल विजय दिवसको उपलक्ष्यमा कालचिनी खण्डको उत्तर लोथाबारी हिन्दी हाइस्कूलमा भारतीय सेनाको कुमाउ रेजिमेन्ट ७ का सेना अधिकारीहरुको उपस्थितिमा विभिन्न कार्यक्रमबीच सम्पन्न भएको जानकारी सो स्कूलका प्रधान शिक्षिका सबिता सिंहले जनाएकी छन।
आज उक्त अवसरमा ७ कुमाउ रेजिमेन्टका मेजर बैभव पाण्डे लगायत सुबेदार हरि कुमार, हवल्दार लालबाबु सहित स्कूलका प्रधान शिक्षिका सबिता सिंह सहशिक्षक अरविन्द मिश्रा र कमल शर्मा आदिको उपस्थिति रहेको थियो। सो अवसरमा आज स्कूलका विद्यार्थीहरुलाई ७ कुमाउ रेजिमेन्टका सेना अधिकारीहरुले प्रोजेक्टर मार्फत विद्यार्थीहरुलाई कारगिल युद्धको झाँकी प्रदर्शन गर्नको साथै आजादीको ७५ बर्षपूर्तिको सन्देश प्रदान गरेका थिए।









