फुलबारी: फुलबारी टोल गेट इलाकाबाट ४३ वटा भैँसी सहित ४ जना तस्करलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा शेख मिराज, मोहम्मद रिजवान, शेख रमजान र नईमुद्दीन सामेल छन्। प्राप्त जानकारी अनुसार गत अबेर राति बीएसएफ-का जवानहरूले फुलबारी टोल गेट इलाकामा भैँसी बोकेको एउटा कन्टेनरलाई रोकेर छानबीन गर्दा ४३ वटा भैँसी उद्धार गरेको बताइएको छ।सो भैँसी बिहारबाट फुलबारी हुँदै असम लैजाने योजना रहेको थियो।

बीएसएफले उद्धार गरेको भैँसी सहित ४ जना तस्करलाई एनेजीप थाना पुलिसलाई सुम्पिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।