भाजपाका राष्ट्रिय अध्यक्ष नड्डा पूर्वोत्तरको तीन दिवसीय भ्रमणमा

asama-pahaca-japa-nadada_1704849072.jpeg

गुवाहाटी: पूर्वोत्तरको तीन दिवसीय भ्रमणमा मंगलवार राति गुवाहाटी आइपुगेका भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई गुवाहाटीको बोरझाडस्थित लोकप्रिय गोपीनाथ बरदलै अन्तरराष्ट्रिय हवाई अड्डामा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा, प्रदेश भाजपा अध्यक्ष भवेश कलिता, राष्ट्रिय महासचिव कामाख्या प्रसाद तासा तथा भाजपाका वरिष्ठ नेताहरूले स्वागत जनाए।

राष्ट्रिय अध्यक्ष आज राजधानीको पंजाबारीस्थित श्रीमन्त शंकरदेव कलाक्षेत्रमा असम प्रदेश भाजपाको वर्धित कार्यकारिणीको एउटा बैठकमा सोमल हुनेछन्। बैठकमा भाजपा अध्यक्षको साथमा केन्द्रिय मन्त्री सर्वानन्द सोनोवालको साथमा अन्य दुई केन्द्रिय मन्त्री, असमका मुख्यमन्त्री तथा अन्य वरिष्ठ नेताहरूले भाग लिनेछन्।

यसपछि, बिहिवार राष्ट्रिय अध्यक्ष नड्डा अरुणाचल प्रदेश भाजपा कार्यकारिणीको बैठकमा सामेल हुनेछन्। राष्ट्रिय अध्यक्षको आगमनभन्दा अघि मंगलवार असम प्रदेश भाजपाको एउटा उच्च स्तरीय बैठक आयोजित गरिएको थियो। यस बैठकमा आजको कार्यकारिणी बैठकका मुद्दा तथा राष्ट्रिय अध्यक्षको कार्यक्रमको तयारीको समीक्षा गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement