मिरिक: मिरिक लाेकल ट्याक्सी ड्राइभर वेलफेयर एशाेसिएशन कृष्ण नगरले आज मिरिक सरकारी अस्पताल परिसरमा व्यापक सफाई गर्नको साथै रंग पचेरा गर्ने कार्य गरेको छ। यस अवसरमा एशाेसिएशनकाे पक्षबाट यहाँकाे ट्याक्सी स्टाण्ड लगायत सार्वजनिक स्थानहरूमा डस्टबीन पनि राख्ने कार्य गरेको छ। मिरिक कृष्ण नगरमा रहेकाे सरकारी अस्पताललाई सफा राख्ने उद्देश्यले गरिएकाे सफाई अभियानमा ट्याक्सी चालकहरूले दिनभरि नै अस्पताल परिसरमा सफाई गरे भने मिरिककाे प्रवेसद्वार मानिने कृष्णनगर ट्याक्सी स्टाण्डमा डस्टबीन राख्ने कार्य गरेको छ।आफ्नाे ठाउँलाई आफै सफा राख्ने साेच लिएर गरिएकाे सफाई अभियान अवधि ट्याक्सी चालकहरूले कुनै पनि ट्याक्सी चलाएनन्।

यस अवसरमा बाेल्दै मिरिक लाेकल ट्याक्सी ड्राइभर वेलफेयर एशाेसिएशन कृष्ण नगरका अध्यक्ष प्रितम राई, सचिव बिजय तामाङले मिरिक सरकारी अस्पताल मिरिककाे एउटा सम्पत्ति हाे जसलाई सफा गर्ने उद्देश्यले आज चालकहरूले श्रमदान गरेकाे जानकारी गराउँदै मिरिक अस्पतालमा आउने राेगीहरूले सफा वातावरणमा राेग जँचाउन सकाेस् भनेर पनि चालकहरू सफाई अभियानमा अघि आएकाे बताए। दुवैले प्रत्येक बुधबार मिरिक लाेकल ट्याक्सी ड्राइभर वेलफेयर एशाेसिएशन कृष्ण नगरले सफाई अभियान गर्ने निधाे गरेकाे जानकारी गराउँदै सफाई अभियानमा मानिसहरूले डस्टबीनकाे प्रयाेग गराेस् अनि लापरवाहीसित फाेहाेर नफालाेस् भनेर डस्टबीन राखिएकाे बताए। दुवैले सबै मिलेर नै मिरिकलाई सुन्दर र व्यवस्थित राख्न सकिन्छ भन्दै अन्यलाई पनि सफाई अभियानमा सहभागी बन्ने आह्वान् गरेका छन्।