सोरेङ: मुख्यमन्त्री प्रेमसिंह तामाङ जनता भेट कार्यक्रमको निम्ति बुधवार बिहान सोरेङ जिल्ला अन्तर्गत जूम सालघारी निर्वाचन क्षेत्रको पिपले आइपुगेका छन्। मुख्यमन्त्रीलाई स्वागत जनाउॅंदै पिपलेस्थित २ आईआरबी मुख्यालयमा गार्ड अफ् अनर दिइयो।
यसपछि मुख्यमन्त्री तामाङले जनता भेट कार्यक्रम शुरू गरेका छन्। मुख्यमन्त्रीले आज माबोङ सिगेङ्ग जीपीयू, जूम जीपीयू, गेलिङ बैगुने जीपीयू र सामसिङ पिपले जीपीयूका लगभग १६०० मानिसहरूसॅंग भेट गर्ने अपेक्षा गरिएको छ।