सिलगढी: सिलगढी सहर र पूरै उत्तर बंगाल सहित आसपासका क्षेत्रहरू बिहानै कुहिरोले ढाकेका थिए। हुस्सुका कारण भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।सिलगढीको असिघर चौराहेको छेउमा ट्रकले साइकल यात्रीलाई किचेको थियो।यस दुर्घटनामा साइकल चालक गम्भीर घाइते भए। उनलाई स्थानीयवासीले जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।ट्रकलाई जिल्ला आशिघर चौकीका पुलिसले नियन्त्रणमा लिएको छ। साथै पुलिसले घटनाको सम्पूर्ण अनुसन्धान सुरु गरेको छ।