चिसोका कारण उत्तरी दिनाजपुरमा आलु बाली नष्ट

IMG-20240110-WA0130.jpg

उत्तर दिनाजपुर: उत्तर दिनाजपुरमा विगत केही दिनदेखि लगातार चिसो र बाक्लो कुहिरोका कारण जिल्लाका विभिन्न क्षेत्रमा आलुबाली नष्ट हुन थालेको छ। आलुको बिरुवा खेतमा सड्न थालेको छ। आलुको बिरुवा कुहिएपछि आलु कृषकको समस्या बढ्दै जाने निश्चित छ। जसका कारण आलु कृषकहरु निकै चिन्तित छन्।

कृषि विभागले कृषकको समस्या बुझे पनि मौसममा नियन्त्रण भने छैन। तर, आलु खेतीमा कृषि विभागले नियाल्न र बाली नष्ट भए क्षतिपूर्ति दिनुपर्ने किसानको माग छ।

About Author

Advertisement