जलपाईगुडी: कोलकातामा भएको राष्ट्रिय स्तरको ताइक्वान्दो प्रतियोगितामा जलपाईगुडीका खेलाडीले उत्कृष्ट सफलता हासिल गरेका छन्। जलपाईगुडीको जुनियर ताई क्वान्दो टोलीले बंगालका लागि ४ स्वर्ण, ४ रजत र ५ कास्यसहित कुल १३ पदक जितेको छ। कोलकाता एसभीएस स्कुलले आयोजना गरेको यस ताईक्वान्दो च्याम्पियनसिपमा बंगालका अलावा आसाम, मणिपुर, नागाल्याण्ड, मेघालय र महाराष्ट्रलगायत देशका १८ राज्यका १०० भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए। बङ्गालको टोलीका लागि जलपाईगुडी ताई क्वान्दो एकेडेमीका १४ खेलाडीले सहभागिता जनाएका थिए। राष्ट्रिय स्तरको ताई क्वान्दो प्रतियोगितामा जलपाईगुडीका खेलाडीले १३ पदक जितेर इतिहास रचेका छन्।