बाघडुग्रामा डिस्ट्रिक ड्राइभर्स एन्ड हेल्पर्स युनियनको स्थापना दिवस पालन

bag.jpg

बाघडुग्रा: कङ्ग्रेसको श्रमिक संगठन आईएनटीयुसी अनुमोदित डिस्ट्रिक ड्राइभर्स एन्ड हेल्पर्स युनियनले आज २८औँ स्थापना दिवस पालन गर्यो। युनियनका सदस्यहरूले आज बाघडुग्राको बिहार मोडमा पार्टीको झण्डा उत्तोलन गरेर स्थापना दिवस पालन गरे। यस अवसरमा नक्सलबारी ब्लक कङ्ग्रेस अध्यक्ष अमिताभ सरकार, ड्राइभर्स एन्ड हेल्पर्स युनियनका अध्यक्ष सुनील लामा, बादल सिंह, दोलन भौमिक लगायत अन्य उपस्थित थिए। अमिताभ सरकारले भने, राज्य तथा केन्द्रमा आफूहरूको सत्ता नभए तापनि पार्टीका कार्यकर्ताहरूको एकाग्रता, दलप्रति मायाले गर्दा नै संगठन रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement