२६ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित बेणु सुब्बा प्रीमियर डीविजन लीग फूटबल टुर्नामेण्टको तेस्रो दिन आज भएको म्याचमा सेण्ट जोसेफ्स कलेज विजयी भयो। लेबोङको गोर्खा स्टेडियममा भएको रोमाञ्चक म्याचमा सेण्ट जोसेफ्स कलेजले दार्जीलिङ डायनामोलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट बिक्की दर्जी र निर्कल थापाले १-१ गोल गरे। यसरी नै दार्जीलिङ डायनामोबाट केशव राईले १ गोल गरे। बुधवार खेलिने म्याचमा युनाइटेड फूटबल क्लब दार्जीलिङ र तरुण खेलकुद संघबीच भिड़न्त हुनेछ। यसरी नै सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगितामा भूटिया बस्ती फूटबल एकाडमी र रकवुड स्पोर्टिंग क्लबबीच आज भएको ग्रुप सी-को म्याच १-१-ले ड्र रह्यो।










