पाकिम जिल्लामा इलेक्ट्रोनिक भोटिङ मशीनहरूको मोबाइल भ्यान प्रदर्शनी शुरु

IMG-20240108-WA0258.jpg

पाकिम: इलेक्ट्रोनिक भोटिङ मशीनहरूको मोबाइल भ्यान प्रदर्शनीको शुभारम्भ आज पाकिम जिल्ला प्रशासनिक केन्द्रमा चुनाउ विभागका संयुक्त सचिव मेरिना राईको बाहुलीबाट गरियो।

यसको मुख्य उद्देश्य आम मानिसहरूमा ईभीएमबारे सचेतन फैलाउनु, चुनाउमा सहभागिता जनाउनु आदि रहेको थियो।

आजदेखि शुरुआत गरिएको यस कार्यक्रम पाकिम जिल्ला अन्तर्गत विभिन्न विधानसभा समष्टिमा जनवरीदेखि फरवरी महिनासम्म आयोजन गरिनेछ। यस अवधि मानिसहरूमा मोबाइल भ्यान प्रदर्शनीमार्फत चुनाउ प्रक्रियाबारे जानकारी गराइनेछ। योसँगै जिल्ला र महकुमा कार्यालयमा आजदेखि इभीएम प्रदर्शन केन्द्र पनि स्थापना गरिएको छ।

यी केन्द्रहरू मतदाताहरूलाई ईभीएमसँग परिचित गराउन, उनीहरूको सहजता सुनिश्चित गर्न र आगामी चुनाउको तयारीमा मतदान प्रक्रियाको बुझाइको लागि डिजाइन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement