पाकिम: पाकिम जिल्लाको खेलकूद एवम युवा मामिला विभागद्वारा आयोजना गरिएको ग्रामीण अन्तर समष्ठी फुटबल प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भयो। गत ६ जनवरीदेखि शुरू भएको यस प्रतियोगितामा कूल पाँचवटा दलले सहभागिता जनाएको थियो। आजको फाइनल खेल १८ पश्चिम पाण्डाम बनाम २० छुजाचेनबीच राङ्कास्थित खेल गाउँमा सम्पन्न भएके थियो। यस प्रतियोगितामा दुवै टोलीबीच निर्धारित समयसम्म हारजित नभएपछि अन्ततः खेल टाइ ब्रेकरमा परिणत भएको थियो जसमा पश्चिम पाण्डम विजयी बन्यो। जिल्लास्तरमा विजयी बनेको टोलीले जोरथाङको माघे संक्रान्तिको अवसरमा आयोजित माघे संक्रान्ति फुटबल प्रतियोगितामा अंशग्रहण गर्ने अवसर पाउने जानकारी गराएको छ। कार्यक्रममा डम्बर प्रधान मुख्य अतिथिकोरूपमा उपस्थित रहेका तिए भने जिल्ला पञ्चायत विवेक छेत्री विशिष्ठ अतिथिकोरूपमा रहेका थिए।