एउटा कन्टेनरबाट ५४ वटा भैँसी उद्धार

IMG-20240108-WA0218.jpg

सिलगढी: बीएसएफ-ले कन्टेनरबाट ५४ वटा भैँसी उद्धार गरेको छ भने घटनामा १० जनालाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार उत्तर दिनाजपुर जिल्लाबाट सिलगढी, फुलबारी हुँदै भैँसी बोकेको एउटा कन्टेनर जलपाईगढीतर्फ गइरहेको थियो। गोप्य सूचनाको आधारमा बीएसएफ-ले फुलबारी टोल ट्याक्स नजिक अभियान चलाएर एउटा कन्टेनरलाई रोकेर छानबीन गर्दा ५४ वटा भैँसी उद्धार गर्नको साथै दस जना तस्करलाई पक्राउ गरेको बताइएको छ।

यसपछि बीएसएफ-ले उद्धार गरेको भैँसी सहित आरोपीहरूलाई एनजेपी थाना पुलिसलाई सुम्पिदिएको छ। पक्रा परेका आरोपीहरूलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement