रङ्गीविरङ्गी गुलाबको फुलले सजाइएको राजगञ्ज थानाले दिइरहेछ सौन्दर्य तथा स्वच्छताको सन्देश

33fc08b7-20d6-4c86-bc14-1de306371966-1024x576.jpg

राजगञ्ज: राजगञ्ज थाना परिसरमा विभिन्न प्रकारको रङ्गीविरङ्गी गुलाबका फुलहरूले भरिएको छ। जहाँ अन्य पुलिस थानाहरूमा दुर्घटनाग्रस्त वाहनहरू लगायत विभिन्न प्राकारको समानहरूको थुप्रो लागेको देख्न पाइन्छ। यस्तो स्थितिमा राजगञ्ज थानामा एउटा भिन्नै तस्विर देख्न पाइयो। यहाँ थाना परिसरमा विभिन्न रङ्गको गुलाबको फुल फुलेको छ। यस प्रकारले थानाका पुलिसकर्मीहरूले सौन्दर्यीकरण तथा स्वच्छताको सन्देश दिइरहेको छ। यसबाहेक यहाँ १२ वटा राजा हाँस पनि छ। जलपाईगढी जिल्ला पुलिसको राजगञ्ज थानाको प्रवेश द्वारको देब्रेतिर गुलाबको फुलको बगैचा छ, जहाँ रातो, सेतो, पहेँलो लगायत लगभग २५ वटा प्रकारको गुलाबका फुलहरू छन्। प्राप्त जानकारी अनुसार वर्ष २०१८ -मा तत्कालीन ओसी सुजन कुण्डूको पहलमा थाना परिसरमा गुलाबको फुलको बगैचा बनाइएको थियो। तबदेखि यहाँ देवजीत राय नाम गरेका एकजना सिभिक भोलेन्टियरले बगैचाको देखरेख गर्ने गर्दछन्। तिनले काम सँगसँगै बिहान र साँझको समय ती फुलहरूको हेरचाह गर्ने गर्दछन्। हाल राजगञ्ज थानाका वर्तमान आईसी पंकज सरकारले यस बगैचाको हेरचाहको खर्च उठाइरहेका छन्। यस थानामा आउने मानिसहरूलाई गुलाबको बगैचा साथै हाँसहरूको झुण्डले ध्यान आकर्षित गर्ने गर्दछ। केही वर्षदेखि उक्त हाँसहरू थानामै बस्दै आइरहेको छ। तिनीहरूको लागि घर तथा एउटा सानो पोखरी पनि बनाइएको छ। यी सबै हाँसहरू दिनमा थाना परिसरमा घुम्ने गर्दछ भने रातिको समय थानाको एउटा निश्चित ठाउँमा बस्ने व्यवस्था गरिदिएको छ। गुलाबको बगैचा र हाँसहरूको झुण्डले गर्दा राजगञ्ज थाना परिसरमा सुन्दर माहौल बनेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement