लिभरपुलसँग आर्सनल २-० गोल अन्तरले पराजित

Web-post-3

आर्सनलमाथि २–० गोल अन्तरको सानदार जित निकाल्दै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। तेस्रो चरणको खेलअन्तर्गत आइतबार रातिउ भएको खेलमा लिभरपुल २-० गोलले विजयी बनेको हो। खेलको शुरुवातमा पाएका अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा आर्सनलले ठुलो मूल्य चुकाउनु पर्यो। पहिलो हाफमा मार्टिन ओडेगार्डको प्रहार पोस्टमा लागेको थियो भने रिस नेल्सनले काई हाभर्टजले पनि गोलको अवसर गुमाएका थिए। खेलको ८०औँ मिनेटमा ट्रेन्ट अलेक्सान्डर आर्नोल्डको फ्रिकिकलाई जाकुब किविओरले आफ्नै पोस्टको जाली चुमाएपछि लिभरपुलले खेलमा अग्रता लिएको थियो। इन्जुरी समयमा डिओगो जोटाको पासमा लुइस डियाजले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement