सिलगढी: एनडीए-ले यसपल्ट लोकसभा चुनाउमा ४०४ भन्दा अधिक आसनमा जी हासिल गर्नेछ। आज सिलगढीमा पत्रकारहरूसित कुराकानी गर्दै केन्द्रीय मन्त्री डा. महेन्द्र मुन्जापाराले यस प्रकारको मन्तव्य पोखेका हुन्। केन्द्रीय मन्त्री डा. महेन्द्र मुन्जापारा आज आयुष अस्पतालको उद्घाटन सहित पार्टी कार्यक्रममा अंश ग्रहण गर्नको लागि आज सिलगढी आइपुगेका थिए। तिनी मल्लागढीमा भाजपा पार्टी कार्यालयमा विकसित भारत कार्यक्रममा सामेल भए। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले भने, यसपल्ट लोकसभा चुनाउमा अकल्पनीय परिणाम आउनेछ। मोदी सरकारको ग्यारेन्टी वाहन राज्यमा आइसकेको छ। राज्यमा आयुष्मान भारत परियोजनाको लाभ साधारण मानिसहरूले पाएका छैनन्। राज्य सरकारसित यस सम्बन्धमा कार्वाही गर्नेबारे कुरा गर्ने तिनले बताए।