नाबालिकालाई डर देखाएर दुष्कर्म गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

Capture6-1.png

बाघडुग्रा: नाबालिकालाई डर देखाएर दुष्कर्म गरेको ६० वर्षीय वृद्ध विरुद्ध अभियोग उठेको छ। नाबालिकाले नवजात शिशुलाई जन्म दिएपछि मात्र घटना प्रकाशमा आएको छ। आरोपी वृद्ध देवेश सरकारलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारी अनुसार बाघडुग्रा थाना इलाका निवासी ६० वर्षीय देवेश सरकार इलाकाको एउटी नाबालिकासित दिनहुँ दुष्कर्म गर्ने गरेको आरोप रहेको छ। नाबालिकाको आमा-बाबु कामले गर्दा बाहिर बस्ने गरेकोले गर्दा तिनीहरूलाई यसबारे केही थाहा थिएन। गत शुक्रबार नाबालिकाले नवजात शिशुलाई जन्म दिएपछि घटना प्रकाशमा आएको बताइएको छ। नाबालिकाको परिवारका सदस्यहरूले घटनाबारे बाघडुग्रा थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले आरोपीलाई पक्राउ गरेको छ। बाघडुग्रा थाना पुलिसले नाबालिकालाई होममा पठाएको छ।

About Author

Advertisement