कोल इण्डिया लिमिटेडले आफ्नो सीएसआर पहलको एक भागको रूपमा झारखण्डका ११ जिल्लाहरूमा शिक्षालाई डिजिटलाइज गर्नका लागि ईडीसीआईएल (इण्डिया) लिमिटेडसँग एक सम्झौतामा हस्ताक्षर गरेको एक प्रेस विज्ञप्तिमा बताएको छ। कम्पनीको यो सीएसआर पहलले राज्यमा सीआईएल सहायक ईसीएल, बीसीसीएल, र सीसीएलको कोइला खानी क्षेत्र वरपरका विद्यालयहरूमा सुधारिएको सिकाउने परिणामहरूको परिणाम स्वरूप उच्च गुणस्तरको शैक्षिक सामग्रीको साथ विद्यार्थीहरूलाई समृद्ध बनाउने लक्ष्य राखेको विज्ञप्तिमा बताइएको छ। यस परियोजनाअन्तर्गत प्रत्येक पहिचान गरिएका विद्यालयमा एउटा स्मार्ट कक्षा र एउटा आईसीटी (सूचना तथा सञ्चार प्रविधि) प्रयोगशाला स्थापना गरिने भएको छ। परियोजनामा शिक्षक तालिम र जडान गरिएको उपकरणको तीन वर्षको मरम्मतसम्भार पनि समावेश रहेको बताइएको छ।
श्रीमती रुपिन्दर बरार, अतिरिक्त सचिव, कोइला मन्त्रालय (एमओसी), भारत सरकार, विनय रञ्जन, निर्देशक (पर्सनल तथा आईआर), सीअअईएल, मनोज कुमार, सीएमडी, ईडीसीआईएल (इण्डिया) लिमिटेड, एमओसी, सीआईएल र ईडीसीआईएलका वरिष्ठ अधिकारीहरू यस अवसरमा उपस्थित थिए।










