कोलकाताः पश्चिम बंगालमा प्रवर्तन निदेशालय (ईडी) को एकाईले गत हप्ता उत्तर २४ परगना जिल्लामा छापामारीमा आफ्नो टीममाथि भएको हमलाबारे दिल्ली मुख्यालयलाई एउटा रिपोर्ट सुम्पेको छ। अधिकारीहरूले सोमवार यसको जानकारी दिए। हमलाको घटनामा ईडीका तीन अधिकारी घाइते भएका थिए। उनीहरूका धेरै वाहनहरूमा तोड़फोड़ गरियो। यो हमला तब भयो जब ईडीको टीम राज्यको राशन प्रणालीमा कथित अनियमितताहरूको सम्बन्धमा छापामारीको निम्ति सन्देशखलीमा तृणमूल नेता शाहजहां शेखको घर गएको थियो।
रिपोर्टको आधारमा ईडी मुख्यालयद्वारा हमलाको एनआईए जाँचको माग गर्नसकिन्छ। एजेन्सीका अधिकारीले भऩे, हमलामा दुई पेजको रिपोर्ट पठाइएको छ। हामीले घटनाको स-साना कुराहरू उल्लेख गरेका छौं र यसका साथै हमलाको भीडियो पनि पठाएका छौं। मीडिया रिपोर्ट पनि पठाइएको छ। रिपोर्टमा त्यस दिन बशीरहाट पुलिसको भूमिकापनि उल्लेख छ। ईडीले भन्यो, हमला शुरू हनुसाथ उनीहरू कसरी नम्बरबिनाको दुई चक्के वाहनहरूमा घटनास्थलबाट भागेका थिए। हमलाको सम्बन्धमा पहिले नै नजात पुलिस स्टेशनमा शिकायत दर्ता गराइएको छ। आरोपित तृणमूल नेताको परिवार र राज्य पुलिसले पनि केन्द्रिय एजेन्सीहरू विरूद्ध अलग-अलग शिकायतहरू दर्ता गरेको छ। केन्द्रिय मुख्यालयलाई पठाइएको रिपोर्टमा यी तमाम कुराहरूको उल्लेख गरिएको छ।
-हिस