कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले प्रवर्तन निदेशालय (ईडी) का अधिकारीहरूमाथि हमलाको पृष्ठभूमिमा पश्चिम बंगालको कानून-व्यवस्थाको स्थितिमा प्रश्न खड़ा गर्नेहरूले राज्यलाई बदनाम गर्ने प्रयास गरिरहेको बताएका छन्।
ब्यानर्जीले भनिन्, कोलकातालाई दोषी ठहर गर्ने षड़यन्त्र भइरहेछ। राष्ट्रिय अपराध रेकर्ड ब्यूरो (एनसीआरबी) अनुसार, वर्षौंदेखि देशको सबैभन्दा शुरक्षित शहर कोलकाता रहेको छ। म आफू विरूद्ध हुने आलोचनाहरूले चिन्तित छुइन। तर यदि कसैले राज्यलाई बदनाम गर्ने प्रयास गऱ्यो भने म विरोध गर्नेछु। जसले पनि कानून व्यवस्थाको स्थितिमा प्रश्न खड़ा गरिरहेका छन्, उनीहरूले राज्यलाई बदनाम गर्ने प्रयास गरिरहेका छन्।
-हिस