एसकेएमले सबै जिल्लाबाट शत-प्रतिशत भोटद्वारा दह्रिलो जीत दर्ता गर्ने छ: मुख्यमन्त्री

n570221874170404633628157a36d5f8dbda3eec7b28e1d42a17bc6f7d72732f381442034732f7c82a12aab.jpg

गान्तोक: अवकाशप्राप्त सरकारी कर्मचारीहरूसित भेटघाट गर्ने कार्यक्रमको आज दोस्रो दिन मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्तोक, मंगन अनि पाकिम जिल्लाका पूर्व कर्मचारीहरूसँग भेट गरे।

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको अवकाश प्राप्त सरकारी कर्मचारी प्रकोष्ठद्वारा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले पूर्व सरकारी कर्मचारीहरूको सहयोगकै कारण सिक्किम आज यहाँसम्म पुग्न सफल भएको बताए।

उनले भने, पूर्व कर्मचारी अथवा ब्युरोक्रेट्सहरूको सहयोग बिना राजनीतिज्ञले मात्र सिक्किमलाई यहाँसम्म पुऱ्याउन सक्ने थिएन। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको गठनपछि यो पाँच वर्षमा जति पनि कम भएको छ, त्यो टीम वर्कले गर्दा भएको हो। एसकेएम पार्टीले जति काम गरेको छ सिक्किमका जनता, कर्मचारी, अधिकारी अनि सरकारको सामूहिक कार्यबाट भएको हो, तर यो मैले मात्र गरेर भएको होइन। मुख्यमन्त्रीले उपस्थित पूर्व कर्मचारीहरूलाई एसकेएम सरकारले गरेका विभिन्न योजना एवं कार्यक्रमबारे अवगत गराए।

मुख्यमन्त्रीले आगामी चुनाउबारे बोल्दै यसपल्ट सबै जिल्लाबाट एसकेएम पार्टीले सतप्रतिशत भोटद्वारा दह्रिलो जीत दर्ता गर्ने विश्वास व्यक्त गरे। मुख्यमन्त्रीले भने, एसकेएम पार्टीको सरकारले यो पाँच वर्षमा जति कम गरेको छ यो त कास्टिङ मात्र हो, पिक्चर अझै बाँकी छ। विपक्षी पार्टीहरूले 25 वर्षमा गर्न नसकेको अनि गर्न नचाहेको काम एसकेएम सरकारले पाँच वर्षको अवधिमा गरेको छ।

उनले अझ भने, एसकेएम पार्टीले गरेको काम देखेर जनताले पूर्ण बहुमतका साथ जित हसिल गर्ने छ। २०१९ मा हामी खाली खुट्टा मैदानमा आएका थियौं, तर पनि १८ सीट हासिल गऱ्यौं, अहिले त हामी जर्सी, ग्लोब्स सबथोक लगाएर मैदानमा आएका छौं। त्यसैले हामीले यो म्याच जितिसकेका छौं। विपक्षका कतिजना त फोरफिट समेत हुनेछन्।

यसअघि, प्रकोष्ठका उपाध्यक्ष प्रभारी एवं विधायक जीटी ढुंगेलले स्वागत सम्बोधन गर्दै प्रकोष्ठले यस प्रकारको कार्यक्रम आयोजन गर्नुको औचित्यबारे बताएका थिए। आजको कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती, मन्त्रीगण, विधायकगण, विभिन्न विभागका सल्लाहकार एवं अध्यक्षगण लगायत अन्य गण्यमान्य व्यक्तित्वको उपस्थिति रहेको जानकारी एसकेएम पार्टीको प्रचार प्रसार उपाध्यक्ष बिरेन्द्र तामलिङले प्रेस विज्ञप्तिमा दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement